अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 21:53

भारतको बङ्गालमा बलात्कारको मुद्दामा मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित

बिआरटीनेपाल २०८१ भदौ १९ गते ६:२८ मा प्रकाशित

भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गएको अगस्ट ९ तारिखमा कोलकाताको एउटा सरकारी अस्पतालमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी एक महिला डाक्टरको बलात्कार र हत्याको घटनापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनले यस्ता घटनामा कडा सजायको व्यवस्था गर्न सरकारलाई दबाब परेको थियो ।

पश्चिम बङ्गाल राज्य विधानसभाले पारित गरेको कानून राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी छ । भारतको फौजदारी संहिता देशभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कानूनअनुसार बलात्कारको घटनामा पिडकलाई अहिले रहिआएको आजीवन जेल सजाय वा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू