अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

राष्ट्र बैंकले फेरि बैंकहरूबाट ४० अर्ब तान्दै

बिआरटीनेपाल २०८१ भदौ १९ गते ६:२२ मा प्रकाशित

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। आज बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो। यसअघि गत भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत् ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २१ अर्ब राखेका थिए। बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजमा यो रकम राखेका हुन्।

भदौ १८ सम्ममा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत पटक–पटक गरेर ५५ खर्ब ५४ अर्ब रूपैयाँ उठाएको छ। यसमध्ये एक खर्ब ४५ अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ। त्यस्तै, विभिन्न उपकरणमार्फत् बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल दुई खर्ब ९० अर्ब रूपैयाँ राष्ट्र बैंकमै छ। यो भदौ १८ गतेसम्मको तथ्यांक हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू