अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 15:22

राष्ट्रपति पौडेल समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेस

बिआरटीनेपाल २०८१ भदौ १९ गते ५:५८ मा प्रकाशित

भाषा आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । बुधबार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो ।प्रतिवेदन बुझाइसकेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आयोगको आठौं प्रतिवेदन ( आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन) राष्ट्रपति पौडेललाई बुझाएको बताउनु भयो उहाँले प्रतिवेदनमा भाषा आयोगले गरेका काम, भाषा आयोगले गरेका सिफारिस र आयोगलाई परेका कठिनाइहरुका बारेमा उल्लेख गरिएको बताउनुभयो ।

आयोगलाई २०८०/०८१ मा कार्यक्रमतर्फ बजेट शुन्यता रहेको गुनासो गर्दै अपेक्षाकृत रुपमा कार्यक्रमहरु अघि बढाउन नसकेको बताउनुभयो । उहाँले आदिवासी भाषा दशक सन् २०२२ देखि ०३२ मा अपेक्षित काम गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरु अघि बढाउन नसकेको जिकिर गर्नुभयो । बजेट अभावका कारण अनुसन्धान गराइरहेका कयौँ अमूल्य निधीहरुको प्रकाशन गर्न नसकेको पनि बताउनुभयो । प्रदेश र स्थानीय सरकारसँगको सहकार्य मातृभाषा शिक्षाका लागि अभिमुखीकरण कार्यक्रम भने गरेको बताउनु भयो । नेपालको संविधानको धारा २८७ अनुसार भाषा आयोग गठन भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषाहरु बोलिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू