अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

अब नेपालसँग पनि ओलम्पिक पदक छ भन्न सक्छाैँ : पलेशा गाेवर्धन

बिआरटीनेपाल २०८१ भदौ १९ गते ५:४७ मा प्रकाशित

पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो सफलताको आधार भएको बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा आज आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताउनुभएको हो ।अब गर्वका साथ हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उहाँले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको सुनाउनुभयो

पलेशाले पेरिस परालिम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जित्नुभएको थियो। ओलम्पिकमा नेपालको यो पहिलो पदक हो । पलेशाले पारा एशियाली खेलकुदमा पनि कांस्य पदक जित्नुभएको छ। यस्तै प्रशिक्षक कविराज नेगीले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताउनुभयो । प्रशिक्षक नेगीले मेहनत गर्‍यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै सङ्घर्ष रहेको धारणा व्यक्त गर्नुभयो । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उहाँले बताउनुभयो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू