अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

एन्फा महिला लिगमा एपीएफ र पुलिसकाे गाेलरहित बराबरी

बिआरटीनेपाल २०८१ भदौ १८ गते ७:२५ मा प्रकाशित

एन्फा महिला लिग फुटबलको आजको दाेस्राे खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले गाेलरहित बराबरी खेलेका छन् ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सकाे मैदानमा भएकाे खेलमा दुवै टाेलीले गाेल गर्न सकेनन् । यसअघि आज भएकाे पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गाेलकाे बराबरी खेलेका छन् ।

प्रतियाेगितामा भाेलि त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू