अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 15:28

जनआन्दोलन भए अग्रपङ्तिमा हामी हुनेछौं : रवि लामिछाने

बिआरटीनेपाल २०८१ भदौ १८ गते ७:४२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताउनुभएको छ । रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताउनुभयो । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताउनुभयो ।

लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी समेत गर्नुभएको छ । रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउने चुनावमा हुने उहाँले बताउनुभयो । ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उहाँले भन्नुभयो । विस्तारित बैठकमा उपसभापति डीपी अर्यालले संगठन विस्तारमा रास्वपा लागेको बताउनुभयो । स्थानीय तहको भ्रष्टाचारबारे आवाज उनले पार्टी सदस्यलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू