अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 15:42

यो वर्षको दशैँमा नयाँ होइन, सुकिला नोट साट्न पाइन्छ– राष्ट्रबैंक

बिआरटीनेपाल २०८१ भदौ १८ गते ७:०८ मा प्रकाशित

नेपाल राष्ट्रबैंकले यो वर्षको दशैँमा नयाँ नोट नसाट्ने भएको छ । राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सुकिला नोट साट्ने भएको हो । यस वर्षदेखि राष्ट्रबैंकले नयाँ नोटको ठाउँमा सफा र सुकिला नोट साट्ने बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले बताउनुभयो । ‘राष्ट्रबैंकले हरेक वर्ष दशैँका लागि नयाँ नोट साट्ने गथ्र्यो । यस वर्षदेखि भने नयाँ नोटको ठाउँमा सफा र सुकिला नोट साट्नेछ,’ उहाँले भन्नुभयो ।

राष्ट्रबैंकले हरेक वर्ष स्टकमा भएका नयाँ नोट दशैँको समयमा सर्वसाधारणलाई साट्न दिने गर्दथ्यो । यस वर्षदेखि डिजिटल कारोबारलाई प्रवर्द्धन तथा ‘म्यानेजमेन्ट कस्ट्’लाई व्यवस्थापन गर्न नयाँ परिपाटी ल्याइएको राष्ट्रबैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू