अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०२ | Colorodo: 13:17

पारा ओलम्पिक पदक विजेता पलेशालाई राखेपले भोलि नगर परिक्रमा गराउने

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:५३ मा प्रकाशित

पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भोलि नगर परिक्रमा गराउने भएको छ । पारा ओलम्पिकमा पलेशाले नेपालका लागि ऐतिहासिक पदक जितेको भन्दै उनको सम्मानमा नगर परिक्रमा गराउन लागेको राखेपले जनाएको छ ।

पलेशा भोलि बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने र साढे ८ बजेपछि नगर परिक्रमा शुरू हुनेछ । नगर परिक्रमाको रुट एअरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुङ्गिने छ ।

पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । पलेशाले पारा एशियाली खेलकुदमा पनि कांस्य पदक जितेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू