अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 20:38

फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:३६ मा प्रकाशित

फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो ।

फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन् । द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ । २०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो । देशमा अनुमानित १२.९ बिलियन अमेरिकी डलर क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू