अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 11:19

इजरायली प्रधानमन्त्री नेतान्याहुद्धारा जनतासंग माफी

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:३५ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी माग्नुभएको छ ।हालै ६ जना बन्धकको शव इजरायल ल्याइएपछि चर्केको प्रदर्शनकै क्रममा प्रधानमन्त्री नेतान्याहुले इजरायली जनता र मृतकका परिवारसँग माफी माग्नु भएको हो ।इजरायल सरकारको समन्वय अभावका कारण बन्धकहरु मारिएको भन्दै इजरायलमा भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री माफी माग्न बाध्य हुनु भएको हो । आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु आफनै अडानमा रहने हो भने थप बन्धकको मृत्यु स्वाभाविक भन्दै तत्काल बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

इजरायलका प्रधानमन्त्रीले गाजाको फिलाडेल्फी करिडोर आफनो कब्जामा ल्याउन इजरायली सेना लागिपरेको भन्ने अभिव्यक्तिले थप मानवीय क्षति हुने भन्दै उहाँको अभिव्यक्तिप्रति पनि प्रदर्शनकारीहरुले आपत्ति जनाएका छन् । नेतान्याहुले हमासको कब्जामा रहेका बन्धकहरुलाई ११ महिनासम्म पनि बन्धन मुक्त गर्न असफल भएको भन्दै प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहुविरुद्ध चर्को नाराबाजी गदै आयोजना गरिएको आम हडतालका क्रममा इजरायलको जनजीवन अस्तव्यस्त बन्यो ।

प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा सयभन्दा बढीलाई पक्राउ गरिएको छ । गत वर्ष ७ अक्टोबरमा हमासले अपहरण गरेका बन्धकमध्ये ९७ बन्धकहरूको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू