अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 15:36

सञ्चारमन्त्री गुरुङले आईजीपीलाई प्रयोग गरेको भाषालाई लिएर सत्तारूढ दलकै सांसदकाे विरोध

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:३३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रयोग गरेको भाषालाई लिएर संसद्मा सत्तारूढ दलकै सांसदले विरोध गरेका छन् ।आजको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा ‘ब्रेक’ लगाएर बोल्न आग्रह गर्नुभयो । यस विषयमा मन्त्री गुरुङले संसद्मा जवाफ दिनुपर्ने पनि खतिवडाको माग छ ।

यस्तै गण्डकी प्रदेशमा हिजोसम्म मन्त्री रहेका राजीव गुरुङ अर्थात् दीपक मनाङेले आफूले तीन करोड रुपैयाँ पाएमा मन्त्रालय बेच्ने अभिव्यक्ति दिएको विषयमा पनि जवाफ खोजिनुपर्ने खतिवडाको भनाइ छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरीत भएको बताउनुभएको छ । उहाँले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई सभ्यता सिकाउन प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू