अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 15:33

खुलामञ्चमा युवाले विरोध जनाउनु शुभ संकेत होइन : अध्यक्ष लिङ्देन

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:२४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले जनाएको विरोध शुभ संकेत नभएको बताउनुभएको छ ।मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने भन्दै सरकारले आक्रोश देखाउनु गलत भएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सरकारले विरोध गर्ने युवाहरुलाई पक्रेर दमन गर्न नसक्ने बताउनुभयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा चित्त नबुझाएको कुरालाई मनन गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । अध्यक्ष लिङ्देनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू