अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६
| Colorodo: 11:31
रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ ।
रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । हेलिकप्टरमा सवार अधिकांश पर्यटक थिए । स्थानिय कामचटका क्षेत्रमा रहेको भाचकाजेट्स ज्वालामुखी नजिकैको बेसबाट उडेको विमान बेपत्ता भएको थियो । अधिकारीहरूले १७ शव फेला परेको पुष्टि गरेका समाचार बीबीसीमा छ।
यो क्षेत्र पर्यटकका लागि सक्रिय ज्वालामुखी को लागि प्रसिद्ध क्षेत्र हो । के कारणले दुर्घटना भएको हो अझै खुल्न सकेको छैन । एमआई–८ टी हेलिकप्टर शनिबार राडारबाट हराएको थियो । उक्त हेलिकप्टरमा १९ पर्यटक र ३ चालक दलका सदस्य सवार थिए ।