अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५९ | Colorodo: 13:14

सुनको भाउ चार दिनमा १२ सय रुपैयाँले घट्यो

बिआरटीनेपाल २०८१ भदौ १७ गते ४:४५ मा प्रकाशित

सुनको भाउ लगातार चार दिनदेखि घट्न थालेको छ । सुनको भाउ चार दिनमा तोलामा १२ सय रुपैयाँले घटेको छ । आज पनि सुन तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको थियो । गएको भदौ १३ गते बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव हुँदै आएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीकाे भाउ २० रुपैयाँले घटेर एक हजार सात सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू