अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

अगस्ट महिनामा ७२ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

बिआरटीनेपाल २०८१ भदौ १७ गते ४:४१ मा प्रकाशित

अगस्ट महिनामा ७२ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् ।अगस्टमा सबैभन्दा धेरै भारतबाट २५ हजार आठ सय ३२ जना पर्यटक आएका छन् । यस्तै चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट पाँच हजार ६ सय १४, श्रीलङ्काबाट चार हजार आठ सय ५१ र बङ्गलादेशबाट तीन हजार ७७ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी जापानबाट एक हजार आठ सय ८१, दक्षिण कोरियाबाट एक हजार ६ सय दुई, इटालीबाट एक हजार ६ सय १५, स्पेनबाट एक हजार पाँच सय ८०, बेलायतबाट दुई हजार सात सय ६४, अस्ट्रेलियाबाट एक हजार सात सय ६३ जना आएका छन् ।

गएको वर्षको अगस्टमा भन्दा यस वर्षको अगस्टमा पाँच हजार जनाभन्दा धेरै पर्यटक आएका हुन् । गएको वर्षको अगस्टमा ६७ हजार एक सय ५३ जना पर्यटक आएका थिए । यस्तै कोरोना महामारी शुरू हुनुअघि सन् २०१९ को अगस्टमा ९४ हजार सात सय ४९ जना पर्यटक आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू