अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 21:57

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पायो

बिआरटीनेपाल २०८१ भदौ १७ गते ४:३१ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।सोमबार नेकपा एमालेबाट चार मन्त्री थपिएपछि नौ सदस्यीय मन्त्रिमण्डलले पूर्णता पाएको हो । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डे गएको जेठ १६ गते सर्वोच्च अदालतको परमादेश बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । पाण्डेलाई अहिले गण्डकी प्रदेश सभाका ८८ प्रतिशत सदस्यको समर्थन छ ।

६० सदस्यीय प्रदेश सभामा अहिलेको सरकारलाई नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, स्वतन्त्र सांसद राजीव गुरुङ, नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद गरी ५३ सांसदको समर्थन छ । सरकारमा नगई पाण्डे सरकारलाई विश्वासको मत दिएको राप्रपाले अहिलेसम्म सरकारलाई समर्थन कायमै राखेको छ । स्वतन्त्र सांसद गुरुङ र नेपाल समाजवादीका सांसद देवकोटालाई कांग्रेसले आफ्नै कोटाबाट मन्त्रीमा निरन्तरता दिएको हो ।

एमालेबाट थपिएका मन्त्रीहरूले सोमबारै प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्री बन्नुभएकी नवलपुरकी सांसद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ । बागलुङका सांसद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय र समानुपातिकबाट सांसद बन्नुभएका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाउनुभएको छ । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू