अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

नेपाली भाषा पाठशाला अरोराको दीक्षान्त समारोह सम्पन्न

बिआरटीनेपाल २०८१ भदौ १६ गते १७:५६ मा प्रकाशित

कोलोराडो । अनेसास कोलोराडो शाखाद्वारा कोलोराडो राज्यको अरोरा शहरमा संचालन गरिएका नेपाली भाषा पाठशालाको २०२४ को ग्रीष्मकालिन कक्षाहरू एक समारोह बिच पाठशालाका विद्यार्थीहरूको दीक्षान्त गरी सम्पन्न भएका छन् । पाठशालामा प्राथमिक, माद्यामिक र उच्च तीन कक्षा गरी जम्मा ५२ जना विद्यार्थीले विगत तीन महिनादेखि नेपाली भाषा अध्ययन गरिरहेका थिए ।

समारोहमा विद्यार्थीहरूले विभिन्न नेपाली बालगीत, नृत्य, नेपाली राष्ट्र गान, आफ्नो परिचय आदि प्रस्तुत गरेका थिए । यसको साथै पाठशालाका शिक्षिकाहरूले आफ्ना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले शिक्षिकाहरूलाई प्रमाणपत्र प्रदान गर्नाको साथै छोटो मन्तव्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया