अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 22:14

रास्वपामा साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै मुकुल ढकालद्धारा पुनरावेदन

बिआरटीनेपाल २०८१ भदौ १६ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री तथा प्रवक्ता मुकुल ढकालले फेरि त्यही हैसियतमा काम गर्न पाउँ भन्दै पार्टीमा पुनरावेदन गर्नुभएको छ । रास्वपाले ढकाल पार्टीको मर्यादाविपरीत गएको भन्दै भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। उहाँलाई दुई पटकसम्म स्पष्टीकरण सोधेर पार्टीबाट निष्कासन गरिएको हो। स्पष्टीकरण सोध्नुअघि महामन्त्री एवं प्रवक्ताको जिम्मेवारीबाट उहाँलाई हटाइएको थियो।

पार्टीले त्यसरी निष्कासन गरेपछि आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको टिप्पणी गरेका ढकालले आइतबार पार्टीले विधानविपरीत कारबाही गरेको भन्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिनुभएको हो । ढकालले महामन्त्री पदबाट पदमुक्त गरिएको आइतबार ३५ ‌औँ दिन पुगेको र त्यसैको पुनरावेदन गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू