अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 21:49

सहकारी पीडितमाथि प्रहरीकाे लाठी प्रहार

बिआरटीनेपाल २०८१ भदौ १६ गते ६:४१ मा प्रकाशित

सहकारी पीडितले आज काठमाण्डौमा गरेको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको छ । विभिन्न सहकारी संस्थाबाट बचत रकम फिर्ता नपाएका सर्वसाधारणको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको हो । लाठी प्रहारका कारण केही सहकारी पीडित घाइते भएका छन् ।

जम्मा गरेको बचत फिर्ताका लागि सरकारलाई दबाब दिन झरीको वास्ता नगरेर पीडितले आन्दोलन गरिरहेका छन् । उनीहरूले सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्यै थाक्दैन, सहकारी ठगहरू मुर्दावाद लगायतका नारा लेखेको ब्यानर बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू