अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 11:14

गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू

बिआरटीनेपाल २०८१ भदौ १६ गते ६:३७ मा प्रकाशित

गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन दिनसम्म चल्ने अभियानमा १० वर्षभन्दा कम उमेर समूहका ९० प्रतिशत अर्थात् ६ लाख ४० हजार बालबालिकालाई खोप लगाउने डब्ल्यूएचओले जनाएको छ । छोटो समयमा धेरै बालबालिकालाई खोप लगाउनुपर्ने भए पनि लक्ष्य पूरा गर्ने विश्वास रहेको डब्ल्यूएचओको भनाइ छ ।

गाजामा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउने प्रयोजनका लागि इजरायलले युद्ध रोकेको छ । अभियानले गाजाको मध्य, दक्षिणी र उत्तरी भागलाई समेट्नेछ । यो खोप अभियानको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले डब्ल्यूएचओ र युनिसेफसँगको सहकार्यमा अनुगमन गर्नेछ । अभियानमा २ हजार जना स्वास्थ्यकर्मी सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू