अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११
| Colorodo: 22:26
शेयर बजार आज उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार ६ सय ९५ दशमलव ९३ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर राताम्मे भएको छ । आज पिपुल्स हाइड्रो, माइखोला हाइड्रो र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई करोड ६२ लाख ४६ हजार कित्ता शेयर १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ५२ करोड ३१ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।