अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 21:50

यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०८१ भदौ १५ गते ६:४९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताउनुभएको छ । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले समीकरण भत्किने कारण नभएको बताउनुभयो । पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै उहाँले भन्नुभयो , ‘हाम्रो सरकार के कारणले ढल्छ रु सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’

गुरुङले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताउनुभयो । उनीहरूबीच नै फाटो आउनसक्छ कि ?  भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गर्नुभयो । अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै गुरुङले यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू