अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 02:35

तीन वर्ष बाँडीचुँडी खालान्, ०८४ मा त घन्टी बज्छ, बज्छः रवि लामिछाने

बिआरटीनेपाल २०८१ भदौ १५ गते ६:२३ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताउनुभएको छ । पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताउनुभयो । ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ, बज्छ,’ उहाँले भन्नुभयो।

सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताउनुभयो । ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ लामिछानेले भन्नुभयो । तर घन्टी बोकेर मात्रै नजितिने पनि उहाँले बताउनुभयो । ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ लामिछानेको भनाई छ ।

ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको दावी गर्दै उहाँले भन्नुभयो, ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ । सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि उहाको दावी छ । ‘हुँदै नभएको प्रमाण १२/१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छाड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकी, मैले कुनै कमजोरी गरेको छैन,’ लामिछानेले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू