अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 02:43

गौरा पर्वमा नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

बिआरटीनेपाल २०८१ भदौ १४ गते ८:०३ मा प्रकाशित

काठमाडौंको टुँडीखेलमा आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढा जनही ९/९ हजार धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि उनीहरू धरौटी बुझाएर रिहा भएका हुन् । भदौ १० गते टुँडीखेलमा गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको आरोपमा उनीहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुरमा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू