अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४
| Colorodo: 02:49
सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल सुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सुरु भएको हो । समितिले उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठलाई बोलाएर उहाँको उजुरीमाथि छलफल गरेको हो । श्रेष्ठले सरकारले सिफारिस गरेका राजदूतहरू राजनीतिक पार्टी मातहतका व्यक्ति भएको,योग्य,अनुभवी र कूटनैतिक ज्ञान नभएका व्यक्ति भएको आरोप लगाउनुभएको छ ।
उहाँले राजदूत सिफारिस समानुपातिक समावेशी नभएको र राजदूत सिफारिसमा खस आर्य मात्र बढी भएकोले फिर्ता गर्नुपर्ने माग गरेका छन् । भारतका लागि शंकर शर्मालाई राजदूतमा निरन्तरता दिन नहुने र इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित अयोग्य रहेको लगायतका आरोप समेत श्रेष्ठले लगाउनुभएको छ ।