अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५
| Colorodo: 02:40
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डाै विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गर्नुभएको छ ।विश्वविद्यालयको २९औं दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने कारको समेत उद्घाटन गर्नुभयो । उहाँ त्यही कार चढेर दीक्षान्त समारोह स्थल जानुभएको थियो ।
विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवम् सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिनुभयो । विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन इन्धन उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।