अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 10:26

‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम भक्तपुर दरबार क्षेत्रबाट शुरू

बिआरटीनेपाल २०८१ भदौ १४ गते ७:१७ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम शुरू गर्नुभएको छ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै आज राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुग्नुभएको हो ।

राष्ट्रपति पौडेलले हरेक महिनामा एक दिन सार्वजनिक स्थल जाने, आमनागरिकसँग संवाद गर्ने तथा स्थानीय बासिन्दाका गुनासा सुन्ने कार्यक्रम शुरू गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला सङ्ग्रहालयकाे निरीक्षण गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू