अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 02:25

एमाले पोलिट्ब्युरो बैठक आव्हान

बिआरटीनेपाल २०८१ भदौ १३ गते ६:३३ मा प्रकाशित

नेकपा (एमाले)ले पोलिट्ब्युरो बैठक आह्वान गरेको छ। बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते पोलिट्ब्युरो बोलाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो। उहाँकाअनुसार पोलिट्ब्युरो बैठकमा पार्टीको ०८१ को कार्ययोजनाबारे छलफल हुनेछ। २०८४ सालसम्म सञ्चालन हुने कार्ययोजना बिहीबार सचिवालय बैठकमा पेस भएको थियो।त्यसलाई पोलिट्ब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको सचिव भट्टराईले बताउनुभयो । प्रस्तावित कार्ययोजनामा संगठन र सदस्यता विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ। त्यस्तै बाँकी रहेका जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। यसअघि बसेको सचिवालय बैठकले बाँकी रहेका जिल्ला अधिवेशनहरू कात्तिक मसान्तभित्र गरिसक्न निर्देशन दिएको थियो। र, केन्द्रीय संगठन विभागले परिपत्र पनि गरेको थियो।

एमालेका इलाम, मोरङ, तेह्रथुम, सप्तरी, सिराहा, धनुषा, मनाङ, डोल्पा, डोटी, अछाम, बझाङ र गैरभूगोलतर्फ विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन गर्न बाँकी छ। प्रस्तावित कार्ययोजनामा बाँकी रहेका जनसंगठनहरूको अधिवेशन, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनको समयसीमा पनि तोकिएको सचिव भट्टराईले बताउनुभयो। त्यस्तै बिहीबारको सचिवालय बैठकमा पछिल्लो समय समाजमा अराजकता देखिन थालेका भन्दै त्यस्ता गतिविधिविरूद्ध आमनागरिक र पार्टी पंक्तिलाई सचेत रहन आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । एमालेले यस वर्ष संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने यसअघि नै निर्णय गरेको थियो। त्यहीअनुरूप एमालेले जिल्ला, निर्वाचन क्षेत्र ९संघीय र प्रदेश० र पालिका इन्चार्जहरू परिवर्तन गरेको थियो। यसअघि बसेको सचिवालय बैठकले अधिकांशलाई आफ्नै जिल्ला र भूगोल कार्यक्षेत्र हुने गरी इन्चार्ज तोकेको थियो।

पोलिट्ब्युरो र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला, केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र ९संघीय र प्रदेश०, केही केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरूलाई पालिका तहका कमिटीका इन्चार्जको जिम्मेवारी तोकेको छ। जिल्ला कमिटी सदस्यलाई वडा कमिटी र पालिका तहका कमिटीका सदस्यहरूलाई टोलटोलमा खटाउने गरी विस्तृत कार्ययोजना तयार पारेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू