अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली हान्ने व्यक्तिको तस्बिर सार्वजनिक

बिआरटीनेपाल २०८१ भदौ १३ गते ६:१० मा प्रकाशित

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा मुना पाण्डेमाथि गोली प्रहार गर्ने व्यक्तिको तस्बिर सार्वजनिक गरेको अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले जनाएको छ ।तस्बिरमा ती व्यक्तिले नीलो रङ्गको टी–शर्ट लगाएको देखिन्छ । तर अभियुक्तको पहिचान खुल्न बाँकी रहेको र प्रहरीले अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको खबरमा उल्लेख छ ।

सीसीटीभी फुटेजमा ती व्यक्ति मुना मृत भेटिएको ठाउँमा अगस्ट २४ को बेलुकी ९ बजेर ४८ मिनेटमा देखिएका छन् । मुनाको शव गएको सोमवार बेलुकी ह्युस्टनमा उनी बस्ने अपार्टमेन्टमा भेटिएको थियो । तीन वर्षअघि अमेरिका पुगेकी मुना टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत थिइन् । उनको घर भोजपुर रहेको बताइएको छ । अमेरिकाको टेक्सासमा एक महिनाअघि पनि ३० वर्षीय दीपक वलीको गोली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू