अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

जापानले नेपाललाई ४२ करोड बराबरको छात्रवृत्ति अनुदान दिने

बिआरटीनेपाल २०८१ भदौ १२ गते ७:३८ मा प्रकाशित

जापान सरकारले नेपाललाई ४२ करोड रुपैयाँ बराबरको छात्रवृत्ति अनुदान दिने भएको छ । जापानले मानव संशाधन विकास छात्रवृत्ति ९जेडीएस० परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख रुपैयाँ ९(४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको हो । अनुदानका लागि नेपालकातर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापानकोतर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदान(प्रदान पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त छात्रवृत्ति कार्यक्रम अन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा २ वर्षको स्नातकोत्तर (मास्टर्स)तह तथा ३ वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसपूर्व १६५ विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । नयाँ सम्झौताले थप २२ विद्यार्थीले अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने जनाइएको छ ।

छात्रवृत्ति कार्यक्रमले नेपालको निजामती सेवाको क्षमता अभिवृद्धि गर्ने विश्वास अर्थ मन्त्रालयका सचिव डा घिमिरेले व्यक्त गर्नुभयो । नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन योगदान पुर्याउने उहाँको भनाइ छ । छात्रवृत्ति अनुदानले दुई देशबीचको लामो समयदेखिको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने राजदूत युताकाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू