अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या

बिआरटीनेपाल २०८१ भदौ १२ गते ५:५५ मा प्रकाशित

अमेरिकाको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको छ । तीन वर्षअघि अमेरिका पुगेकी मुनाको शव हिजो उनी बस्ने अपार्टमेन्टमा भेटिएको अमेरिकी प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने हिमालय खबरले जनाएको छ ।मुनाको छातीमा तीन वटा गोली लागेको छ । अपार्टमेन्टका अधिकारीहरूले खबर गरेपछि पुगेका एम्बुलेन्सका डाक्टरहरूले जाँच गर्दा मुनाको त्यसअघि नै ज्यान गइसकेको पाइएको हो ।

मुना गएको शनिवारदेखि नै सम्पर्कविहीन भएकी थिइन् । मुनाले नै कोठामा राखेको सर्भिलेन्स क्यामेराको भिडियोमा उनलाई ओछ्यानमै गोली हानेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टेक्सासको ह्युस्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको बताइएको छ । अमेरिकाको टेक्सासमा एक महिनाअघि पनि ३० वर्षीय दिपक वलीको गोली हानेर हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू