अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

बिआरटीनेपाल २०८१ भदौ १२ गते ५:५३ मा प्रकाशित

नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त हुनुभएको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गर्नुभएको हो । सिग्देल नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्नुभएको छ । साउन २४ गतेदेखि बिदामा बस्नुभएका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेदेखि सकिँदैछ । शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्णरूपमा सम्हाल्नुहुने छ । शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो । सिग्देलको कार्यकाल आउँदो तीन वर्ष रहनेछ ।

त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएका सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ । उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि सेनापतिको रोलक्रममा सिग्देल आउनुभएको हो । ३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू