अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

नेपाललाई हराउँदै बङ्गलादेशले जित्याे २० वर्षमुनिकाे साफ च्याम्पियनशिपकाे उपाधि

बिआरटीनेपाल २०८१ भदौ १२ गते ५:५२ मा प्रकाशित

घरेलु टाेली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे उपाधि जितेकाे छ ।ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सकाे मैदानमा भएकाे फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गाेलले हरायाे । पहिलाे हाफमा एक गाेल गरेकाे बङ्गलादेशले दाेस्राे हाफमा तीन गाेल थप्याे । बङ्गलादेशका लागि खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इस्लामले गाेल गरे । यस्तै खेलकाे ५४औं मिनेटमा गाेयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गाेल गरे । नेपालका लागि खेलकाे ८१औं मिनेटमा समिर तामाङले एक गाेल फर्काए ।

बङ्गलादेशले पहिलाे पटक साफकाे उमेर समूहकाे उपाधि जितेकाे हाे । यसअघि तीन पटकसम्म फाइनलमा पुगेकाे बङ्गलादेश उपाधिविहीन थियाे । यस्तै नेपालले सन् २०१५ र २०१७ गरी उपाधि जितेकाे थियाे । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू