अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ -प्रचण्ड

बिआरटीनेपाल २०८१ भदौ ११ गते ७:२१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा पुगेको जिकिर गर्नुभयो । ‘सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ’, प्रचण्डले भन्नुभयो, ‘जनता भन्दा स्वार्थ समूह अझ माफियाहरुको सेवामा छ ।’

प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ?  माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन रु यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु ।” प्रचण्डले यही हो दुई तिहाइको नियत र नियती रु भन्दै प्रश्न गर्नुभयो । कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको उहाँको आरोप छ । “कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,” उहाँले भन्नुभयो, “२२ अर्बको कुरा नोट गरियोस् । प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव ।” उहाँले ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्‌बाटै गर्न सरकारलाई चुनौती समेत दिनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा(एमाले) लाई मिलेर सत्ता चलाउन आग्रह पनि गर्नुभयो । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र (एमाले) लाई मिलेर सत्ता चलाउन र बिचैमा झगडा गरेर मिलाइदेउ भन्दै नआउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म स्पष्टसँग भन्न चाहन्छु– प्रचण्ड अब सत्ताको खेलमा छैन । हामी आन्दोलनको पुनर्स्थापनामार्फत अर्को पटक एक्लै सरकारको नेतृत्व गर्ने पक्षमा लागेका छौँ। तपाईँहरू मिलेर सरकार चलाउनुहोला। बिचमै ‘लौन प्रचण्डजी’ भन्न नआउनुहोला।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू