अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

कांग्रेस केन्द्रीय समिति बैठक भदौ १६ गतेलाई सर्‍यो

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:५९ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सार्ने निर्णय भएको छ। बुधबार अपराह्न ३ बजेका लागि तय भएको बैठक भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। महामन्त्रीद्वय गगन थापाले पेस गरेको सांगठनिक र विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावका कतिपय विषयमा सहमति जुटाउनुपर्ने देखिएकोले बैठक सारिएको नेताहरूको भनाइ छ।

बूढानीलकण्ठमा मंगलबार पनि सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच प्रस्तावका कतिपय विषयमा केन्द्रित रहेर छलफल गर्नुभएको थियो । गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू