अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०१ | Colorodo: 15:16

लेखा समितिको सभापति पाउनुपर्ने माओवादीकाे माग जायज छः चित्रबहादुर केसी

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:४४ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा ९माओवादी केन्द्र०ले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माग जायज रहेको टिप्पणी गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रमुख प्रतिपक्ष दल भएकाले माओवादी केन्द्रले सो पद माग गर्नु उचित भएको बताउनुभएको हो । अध्यक्ष केसीले आफ्नो पार्टीले पनि प्रतिपक्ष दलको हैसियतमा रहँदाखेरी सो पद पाएको स्मरण गराउँदै त्यो नियमको पालना गर्न सत्तारुढ दलहरूलाई आग्रह पनि गर्नुभयो।

उहाँले सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलहरूमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको दाबी समेत गर्नुभयो। केसीले भन्नुभयो,’ अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनुपर्छ भनेर उहाँहरूले जो माग गर्नुभएको छ, त्यो जायज छ। हाम्रो पार्टी पनि सानो छँदा काँग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो। नेपाली काँग्रेसले त्यो नियम त पालना गर्नुपर्‍यो नि।अध्यक्ष केसीले संसदीय मूल्य र मान्यता विपरित चल्ने काम पनि ठूला दलहरूले नै गरेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू