अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०० | Colorodo: 15:15

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया भदौ १४ गतेदेखि शुरू हुने

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:३२ मा प्रकाशित

विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आउँदो भदौ १४ गते शुक्रवारदेखि शुरू हुने भएको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेदेखि शुरू गरी भदौ १६, १७, १८, १९, २०, २४ र २५ गते गरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तीज, २२ गते शनिवार र २३ गते ऋषिपञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी आठ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । प्रस्तावित १७ राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा नौ वटा उजुरी परेका छन् । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

समितिको आजको बैठकमा उजुरीकर्ताहरूको उजुरी खोली समितिका सदस्यहरूलाई वितरण गरिएको छ । समितिको अर्को बैठक आउँदो शुक्रवारका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू