अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 15:37

पाकिस्तानमा आतंकवादी हमला, २२ जनाको हत्या

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:२७ मा प्रकाशित

पाकिस्तानको बलोचिस्तान प्रान्तमा एक हतियारधारी समुहले २२ जनाको हत्या गरेको छ ।बलोचिस्तान प्रान्तको एक राजमार्गमा हतियारधारी समुहले गुडिरहेका सवारीसाधन चेकजाँच गर्ने बहानामा उनीहरुलाई सवारीसाधानबाट बाहिर निकाली गोली हानी हत्या गर्नुका साथै दर्जर्नौ सवारीसाधनमा आगजनी गरेका छन् ।पञ्जाबबाट आउँदै गरेका तथा पञ्जाबतर्फ जाँदै गरेका नागकिलाई छानी छानी गोली हानी हत्या गरिएको हो । आक्रमणको जिम्मेवारी आतंकबादी समुह बलुच लिबरेशन आर्मी (बी.एल.ए) ले लिएको छ । आक्रमण गर्नुअघि उनीहरुले बलोचिस्तानका स्थानीयलाई राजमार्गबाट ​​टाढा रहन चेतावनी जारी गरेका थिए ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले यो हमलाबाट आफु मर्माहत भएको भन्दै आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा व्यक्त गर्नुभएको छ ।बीएलए समुहले पाकिस्तानमा रहेका पञ्जाबीहरुलाई निशाना बनाउन थालेका छन् । पञ्जाबीहरुले पाकिस्तानमा शोषण गरेको आरोप लगाउँदै उनीहरुले विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन् । यस वर्षको अप्रिलमा पनि बलुचिस्तानमा ९ जना यात्रुहरूलाई बसबाट निकाली गोली हानी हत्या गरिएको थियो । बेलायत र अमेरिकालगायत धेरै पश्चिमी देशहरूले बी.एल.ए.लाई विश्वव्यापी आतंकवादी संगठन घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू