अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:१२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध हुनुभएकाे छ । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध हुनुभएकाे हाे ।नेकपा (एकीकृत समाजवादी) मा पदाधिकारी छान्न आजदेखि चुनावी प्रक्रिया शुरू भएकाे हाे । सर्वसम्मतिको प्रयास असफल भएपछि आजदेखि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव प्रक्रिया शुरू भएकाे हाे ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत हुनुभएको थियो । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको थियो । एकीकृत समाजवादीले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू