अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१
| Colorodo: 00:56
जापानमा यो हप्ताको अन्त्यसम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउन सक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् । आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ । मुख्य दक्षिणी टापुतिर फर्कनुअघि यसको गति २१५ किलोमिटर प्रतिघण्टाको हुनेछ ।
जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवा अवरुद्ध भएको छ । भारी वर्षाले प्रशान्त तटमा क्षति पुगेको छ । यो क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख थियो ।