अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७ | Colorodo: 09:02

नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएः प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ भदौ १० गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताउनुभएको छ । सोमबार काठमाडौँको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता र शिष्टता बिर्सिएको देख्दा अचम्मित भएको बताउनुभएको हो । नयाँ पुस्ताको अकर्मण्यता नेपालीपन नभएको ओलीको भनाइ थियो। उहाँले नेपालीपन र नेपाली संस्कृतिलाई बढावा दिन युवाहरुलाई आग्रह गर्नुभयो।

ओलीले नेपाल मेलमिलाप र शान्तिपूर्ण देश भएको बताए। उनले नेपाली समाज संस्कृतिले भरिपूर्ण समाज भएको भन्दै जति बिथोल्न खोजे पनि र जति भाँड्न खोजे पनि नभाँडिने जिकिर गर्नुभयो। नेपालको मौलिक कला र संस्कृतिको जगेर्ना गरी विश्वव्यापी फैल्याउनुपर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ। यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन्। अरुका कार्यक्रम बिथोल्ने गरेका छन्। म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन,नेपाली संस्कृति होइन।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू