अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४७
| Colorodo: 09:02
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कमा शनिवार राति गएको पहिरोमा परी हराइरहेका चारमध्ये एक जनाको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएकी ७५ वर्षीया पुड्की पहरीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिनुभयो । पहिरोमा परी ५५ वर्षीय काले पहरी, ५० वर्षीया झ्याउँकिरी पहरी र २० वर्षीया विनीता पहरीको खोजी भइरहेको छ ।
पहिरोले चार वटा घर बगाउँदा ११ जना हराएका थिए । हराएकामध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो । हराएकामध्ये हिजो ३२ वर्षीया चण्डिका थापा मगर र उहाँको १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षीय विज्ञान पहरीको शव भेटिएको थियो ।