अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

गौरा पर्वको कार्यक्रममा प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी

बिआरटीनेपाल २०८१ भदौ १० गते ६:५० मा प्रकाशित

काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरुविरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा नै सहभागी भएको कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी र हुटिङ भएपछि कार्यक्रम नै विथोलिएको थियो ।प्रधानमन्त्री ओली सम्बोधनका लागि अघि बढ्ने वित्तिकै भीडले हुटिङ गरेको थियो । मुर्दावादको नाराका बीच प्रधानमन्त्री ओलीले शुभकामना सन्देश मात्रै दिएर हिंड्नु भएको थियो ।

त्यसपछि सम्बोधन गर्न जानु भएका काँग्रेस सभापति देउवाविरुद्ध पनि उसैगरी हुटिङ र मुर्दावादको नारा लाग्यो । हुटिङका बीच देउवाले सम्बोधन थालेपछि भीड झन् उत्तेजित हुदै नाराबाजी गरेको थियो । देउवाले हुटिङ गर्नेरुलाई “लाज नभएका बदमासहरु, अर्काको कार्यक्रम विथोल्न खोज्ने” भन्दै आक्रोशित हुनु भएको थियो । “यही हो नेपालको चलन ? यही हो संस्कार ?’ भन्दै देउवाले ‘जति गर्ने हो, जे जे गर्ने हो, गर्नुस् । जति कराउने हो, कराउनुस् ।’ म बोल्छु भन्नु भएको थियो । तर हुटिङ नरोकिएपछि देउवाले पनि सम्बोधन छोट्याउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू