अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 15:51

बुर्किना फासोमा आतंकवादी हमला

बिआरटीनेपाल २०८१ भदौ १० गते ६:२६ मा प्रकाशित

अफ्रिकी मुलक बुर्किना फासोमो आतंकवादी हमला हुँदा २ सय जनाको मृत्यु भएको छ ।अल–कायदा, जमात नुसरत अल–इस्लाम वाल–मुस्लिमिन (जे.एन.आइ.एम) सँग सम्बन्धित सशस्त्र समूहले मध्य बुर्किना फासोमा बार्सालोघो क्षेत्रमा गरेको हमलामा २ सयको मृत्यु हुँदा १ सय ४० जना घाइते भएका छन् । सो लडाकुहरू समुहले उक्त क्षेत्रमा रहेको सुरक्षा पोष्टहरुमा आक्रमण गर्दा केही सैनिकहरु हराइरहेको बुझिएको छ । आक्रमणकारीहरूले हतियार र एक सैन्य एम्बुलेन्स पनि जफत गरेको छ ।

नाइजर, माली र बुर्किना फासोमा उक्त सशस्त्र समुहले आतंकवादी हमलालाई तिब्रता दिएपछि मालीका लागि स्वीडेनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न स्वीडेनले आदेश दिएको छ । मालीमा अधिकांश महिला सो समुहको बलात्कारको शिकार हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू