अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 15:57

पाकिस्तानमा सशस्त्र विद्रोहीद्धारा राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या

बिआरटीनेपाल २०८१ भदौ १० गते ६:२१ मा प्रकाशित

पाकिस्तानमा सशस्त्र विद्रोहीले राजमार्गमा गाडी रोकेर २२ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा २२ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा आज बिहान आक्रमण भएको हो ।

मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा भएको आक्रमणमा पाँच जना घाइते भएका बताउनुभएको खबरमा उल्लेख छ । सशस्त्र विद्रोहीले पञ्जाबबाट आउने र जाने गाडीको निरीक्षण गरेका र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानेका उहाँको भनाइ छ । ज्यान गुमाउने १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण छन् । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकु पृथकतावादी समूह हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू