अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 03:40

महिला टी–२० विश्वकपका लागि ६ पटकको विजेता अस्ट्रेलियाको टोली घोषणा

बिआरटीनेपाल २०८१ भदौ १० गते ६:२१ मा प्रकाशित

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले एलेसा हेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।अस्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा अनुभवी स्पिनर जेस जोनसोन परेकी छैनन् । यस्तै ग्रेस ह्यारिस, सोफी मोलिन्यु, टाएला भ्लेमिन्क, फिबी लिचफिल्डको उपस्थितिले टोलीलाई सन्तुलित बनाएको छ । अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ मा गरी ६ पटक उपाधि जितेको छ ।

नवौं संस्करणको महिला टी–२० विश्वकप आउँदो अक्टोबरमा हुँदैछ । आईसीसीले यो प्रतियोगितालाई बङ्गलादेशबाट यूएईमा सारेको छ । महिला टी–२० विश्वकपका लागि पाकिस्तानले फतिमा सनाको कप्तानीमा टोली घोषणा गरेको छ । यस्तै अन्य टोलीको घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया