अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

कोलोराडोमा नेपाली भाषाको दीक्षान्त समारोह सम्पन्न

बिआरटीनेपाल २०८१ भदौ ९ गते १०:१२ मा प्रकाशित

कोलोराडो । अनेसास कोलोराडो शाखाले संचालन गरेको दोस्रो चरणको नेपाली भाषाको दीक्षान्त समारोह अनेसासका केन्द्रिय महासचिव राजु सिटौला अध्यक्षतामा सम्पन्न भएको छ । नेपाली घरको प्राङगनमा भएको उक्त कार्यक्रमको शुरुवात नेपाली र अङ्रेजी राष्ट्रिय गानबाट गरिएको थियो । नेपाली घरका अध्यक्ष वसन्त लम्साल, हेल्पिङ हान्ड अमेरिकाको अध्यक्ष नारायण श्रेष्ठ अनेसासका केन्द्रिय महासचिव राजु सिटौला लगायत नेपाली समाजको बाक्लो उपस्थितिमा वेष्टमिनिस्टरमा सन्चालित यो वर्षको पहिलो दीक्षान्त समारोह हो भने दोस्रो दीक्षान्त समारोह अर्को हप्ता कोलोराडोको अरोरामा हुनेछ ।

तराइ, पहाड र हिमाल समुह बनाएर अध्यापन गराइएको यो पाठशालामा क्रमशः स-साना बालबालिका देखि सिनियर बाल बालिकाको पठनपाठनको व्यवस्था गरिएको थियो । तराइ कक्षा धन पौड्याल र रन्जु आचार्य; पहाड कक्षा सिता सापकोटा र गीता भुषाल तथा हिमाल कक्षा हरिभक्त आचार्य र प्रतिभा शर्माले सन्चालन गर्नु भएको थियो । समर बिदाको अवसर पारी आफ्नो भाषा र संस्कृतिको विकास बिस्तारमा स्वयंसेवकको रूपमा आफूलाई खटाएर योगदान दिनु हुने गुरु गुरुआमा प्रति श्रद्धा व्यक्त गर्दै यसको महत्त्व र योगदान प्रति नेपाली घरका अध्यक्ष वसन्त लम्साल र समाजसेवी नारायण श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

नेपाली भाषा पाठशालाको लागि गो फन्डमा प्राप्त ३१४६ रकम पाठशालालाई वसन्त लम्सालले हस्तान्तरण गर्नु भएको थियो भने समाजसेवी नारायण श्रेष्ठले ३००० डलरको सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा स्वयंसेवकलाई प्रमाणपत्र, कक्षामा नियमित उपस्थित हुने विद्यार्थीलाई उपहार तथा दीक्षित हुने विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै बिद्यार्थीहरुले आ-आफ्नो समुहमा सामूहिक रूपमा कविता वाचन समेत गरेका थिए । फोटो: भुपेन्द्र महत 

 

 

प्रतिक्रिया