अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 16:07

अन्तरिक्षमा फसेका दुई जना यात्री आउँदो फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने

बिआरटीनेपाल २०८१ भदौ ९ गते ७:२७ मा प्रकाशित

दुई महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा फसेका नासाका दुई जना अन्तरिक्ष यात्री आउँदो वर्षको फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने भएका छन् । नासा र विश्वकै धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेशएक्सले गएराति पत्रकार सम्मेलन गरेर अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी विल्मोर अब फेब्रुअरीमा मात्रै पृथ्वीमा फर्किने जनाएको छ ।नासाले बोइङ कम्पनीको स्टारलाइनर यानमार्फत सुनिता र बेरीलाई गएको जुन ५ तारिखमा अन्तरिक्षमा पठाएको थियो, उनीहरुलाई त्यही यानमार्फत आठ दिनमै पृथ्वीमा फर्काउने योजना भए पनि उपकरणमा खराबी आएपछि उतै रोकिएका छन् । अझै उनीहरु अझै ६ महिना अन्तरीक्षमै बस्नुपर्ने भएको छ । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा लैजान र ल्याउनको लागि बोइङ र स्पेसएक्स कम्पनीलाई अर्बौं डलरको ठेक्का दिएको छ ।

त्यही ठेक्काअन्तर्गत सुनिता र बेरीलाई बोइङले अन्तरिक्षमा पठाएकोमा यानमा खराबी आएकाले उनीहरु उतै रोकिएका हुन् । उनीहरु अहिले नासाकै अन्तरीक्ष यानमा अरू वैज्ञानिकसँग बसिरहेका र पृथ्वीबाट खाना र अन्य सामग्री पठाइएको नासाले जनाएको छ । यसमा रुसी अन्तरिक्ष एजेन्सीले पनि सहयोग गरिरहेको छ । स्पेसएक्सले अहिलेसम्म नासाका लागि नौ वटा चालक दलका उडान अन्तरिक्षमा पठाएको छ, साथै केही व्यावसायिक मिशन पनि पठाएको छ । तर बोइङको चालक दलको मिशन भने पहिलो प्रयास थियो । पहिलो प्रयासमै बोइङको यानमा समस्या आएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू