अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

रामेछापको दोरम्वामा पहिरो – ६ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ भदौ ९ गते ७:१५ मा प्रकाशित

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोले बस्ती बगाउँदा ६ जनाको ज्यान गएको छ । पहिरोमा परी बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको हो । एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षाका कारण शनिवार राति आएको पहिरोले लेखर्कका ४ घर बगाउँदा बपत्ता भएका ११ जनामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको हो । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको र बाँकी ४ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

भीमबहादुर थापामगरको घरमा पहिरोले पुरिएका दोरम्बा सैलुङ गाउँपालिका– ३ लेखर्ककी ३० वर्षीया चण्डिका श्रेष्ठ उनका १८ महिनाको बालक आमुष श्रेष्ठको शव फेला परेको छ । त्यस्तै उर्मिला पहरीको घरमा पुरिएका घर धनी ५७ वर्षीया उर्मिला पहरीसहित ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको शव भेटिएको रामेछाप प्रहरीले जनाएको छ ।

काले पहरीको घरमा पुरिएका ३ जनाका साथै ९० वर्षीया वृद्धाको नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी गरिरहेको बताइएको छ । अविरल वर्षपछिको बढी पहिरोले गाउँपालिकाको ढोही खोलाको पक्की पुल, घट्टे खोलाको पक्की पुल र छाङ खोलामा बनेका हिम पाइप बगाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू