अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४
| Colorodo: 09:09
नेकपा ९माओवादी केन्द्र०को केन्द्रीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ। केन्द्रीय समितिमा प्रस्तुत गर्ने दस्ताबेज ड्राफ्टपूर्व केन्द्रीय र प्रदेशस्तरका नेतासँग परामर्श लिनका लागि गण्डकीको राजधानी पोखरामा बैठक बसेको हो। बैठक सोमबारसम्म चल्नेछ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका पदाधिकारीसहित गण्डकीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बैठकमा सहभागी छ्न्। यसअघि बागमती, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक बसिसकेको छ। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले निर्णय गरेर नियमित जनतामा जाने तयारीमा माओवादी छ।